[email protected] 057-415041

Program Details

रसुवा बाढीपीडितलाई आर्थिक सहयोग

by Super Admin on 9/1/2026 8:59:55 PM

Post Image

मिति २०८३ भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले पुर्याएको ठुलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ, उक्त विपत्तिले पुर्याएको क्षतिले गर्दा उद्धार कार्य तथा राहत कार्य सहजताका लागि नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष निर्माण गरी संचालनमा ल्याएको हुँदा यस संस्थाको तर्फबाट पनि उक्त कोषमा तपशिल बमोजिम सहयोग रकम जम्मा गरी सरकारको यस कार्यमा हातेमालो गरेका छौं । 

सम्पूर्ण सहयोगीहातहरुमा हार्दिक धन्यवाद । 

१.संस्थाको विपद् व्यवस्थापन कोषबाट जम्मा रु.४५०००। 

२.संस्थाको संचालक समिति, लेखा सूपरिवेक्षण समिति , विभिन्न उपसमिति,  बाट प्रति व्यक्ति १००० को दरले जम्मा रु.१७,०००।र पूर्व ऋणउपसमिति सदस्य एक जनाबाट रु.५०० गरी  जम्मा रु.१७५००

३.संस्थाको सम्पूर्ण कर्मचारीको तलबको १.५ दिन बराबरको तलब रकम जम्मा रु.२४२५५। 

४.संस्थाबाट विभिन्न समयमा अवकाश लिनुभएका कर्मचारीहरु 

श्री सरस्वती घलान ज्यु बाट रु.२००००। 

श्री मिरा तामाङ ज्यु बाट रु.१००००। 

कूल जम्मा रकम रु.११६७५५।

;