[email protected] 057-415041
Slide 1 Slide 2

वृत्तचित्र सामाग्री (श्रव्य-दृश्य)

Watch

हाम्रो बारेमा

महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संक्षिप्त परिचय

महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड को स्थापना २०५५/०६/२८ मा ५६ सदस्यहरुको पहलमा १३ सदस्यीय तदर्थ समितिको गठन र संस्थागत प्रक्रियाबाट भएको हो। यस संस्थाको मुख्य उद्देश्य महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनु हो।  सुरुवातमा प्लान इन्टरनेशनलको सहयोगमा विभिन्न महिला समूहहरूको गठन र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो। त्यसक्रममा बचत संकलनको प्रक्रियासमेत शुरु गरी २०५८/०१/०४ मासहकारीको रूपमा दर्ता गरियो।
संस्थाले महिलाहरूको सीप क्षमता र व्यक्तित्व विकासको लागि विभिन्न तालिम, सेमिनार र गोष्ठीहरू आयोजना गर्दै आएको छ। यस क्रममा, महिलाहरूको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको छ र समुदायको विकासमा योगदान पुर्याएको छ।
संस्थाले २०६१/१०/२६ मा आफ्नो उद्देश्यलाई अझ स्पष्ट र प्रभावकारी बनाउनका लागि लघुवित्त कार्यक्रमलाई एकल उद्देश्यीय सहकारीमा परिणत गर्यो र हाल यो कार्यक्रम मकवानपुर जिल्लामा मात्र नभएर समग्र नेपालमा सफलतापूर्वक संचालन भइरहेको छ।
संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघसँग गुणस्तर सुनिश्चितता कार्यक्रमअनुसार २०७४ सालमा तेस्रो पटक, २०७५, २०७६ र २०७७ मा प्रोवेशन ब्राण्ड नविकरण गर्न सफल भएको छ।

हाम्रो आगामी लक्ष्य भनेको सदस्यहरूको सेवामा प्रविधि मैत्री र छिटो सेवाहरू उपलब्ध गराउनु हो, जसले गर्दा हामी एक सुरक्षित, स्वस्थ र दिगो वित्तीय सहकारी संस्था बन्न सक्षम हुनेछौं।

सदस्य

शेयर रकम

बचत रकम

कर्जा रकम

हाम्रो सेवाहरु

यस सहकारीबाट हाल प्रदान गदै आईरहेका सेवाहरु

अग्रज अध्यक्षज्युहरु

बि.सं.२०५५–२०८०

राम माया घिसिङ

तदर्थ अध्यक्ष

२०५५/११/१८

सुकुमाया थिङ

संस्थापक अध्यक्ष 

२०५८/०५ /१४

लक्ष्मी माया थिङ

पूर्व अध्यक्ष 

२०६२/०७/१२

विष्णु माया लामा

निवर्तमान अध्यक्ष

२०७३/०६/०३

कार्यक्रम तथा गतिबिधि

संस्थाले संचालन गरेको कार्यक्रम तथा गतिविधिहरु

Post Image

रसुवा बाढीपीडितलाई आर्थिक सहयोग

मिति २०८३ भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले पुर्याएको ठुलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ, उक्त विपत्तिले पुर्याएको क्षतिले गर्दा उद्धार कार्य तथा राहत कार्य सहजताका लागि नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष निर्माण

Read More
Post Image

सदस्य शिक्षा कार्यक्रम

मिति २०८२ पौष ०७ गते यस सहकारी संस्थाले सदस्यहरुलाई सहकारी प्रति सकरात्मक बनाउने उदेश्यले २ दिवसीय कार्यक्रमको पहिलो दिन संस्थाका अध्यक्ष श्री मिना थापा ज्युको सभाध्यक्षतामा,प्रमुख अतिथि हेटौंडा १३ का वडा अध्यक्ष श्री पेम्वा लामा ज्यु

Read More
Post Image

२५ औं वार्षिक साधारण सभा

हेटौंडा । मिति २०८२ ०६ ०९ गते यस महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५ औँ वार्षिक साधारण सभाको पहिलो इकाई सभा हेटौडा

Read More

हाम्रो सम्पर्क

विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस 

ठेगाना

Padampokhari, Hetauda-13, Makawanpur, Nepal

सम्पर्क नं.

057-415041

ई–मेल

[email protected]

Loading
Your message has been sent. Thank you!
;