२५ औं वार्षिक साधारण सभा
इकाई–१
Read Moreमहिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संक्षिप्त परिचय
महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड को स्थापना २०५५/०६/२८ मा ५६ सदस्यहरुको पहलमा १३ सदस्यीय तदर्थ समितिको गठन र संस्थागत प्रक्रियाबाट भएको हो। यस संस्थाको मुख्य उद्देश्य महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनु हो। सुरुवातमा प्लान इन्टरनेशनलको सहयोगमा विभिन्न महिला समूहहरूको गठन र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो। त्यसक्रममा बचत संकलनको प्रक्रियासमेत शुरु गरी २०५८/०१/०४ मासहकारीको रूपमा दर्ता गरियो।
संस्थाले महिलाहरूको सीप क्षमता र व्यक्तित्व विकासको लागि विभिन्न तालिम, सेमिनार र गोष्ठीहरू आयोजना गर्दै आएको छ। यस क्रममा, महिलाहरूको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको छ र समुदायको विकासमा योगदान पुर्याएको छ।
संस्थाले २०६१/१०/२६ मा आफ्नो उद्देश्यलाई अझ स्पष्ट र प्रभावकारी बनाउनका लागि लघुवित्त कार्यक्रमलाई एकल उद्देश्यीय सहकारीमा परिणत गर्यो र हाल यो कार्यक्रम मकवानपुर जिल्लामा मात्र नभएर समग्र नेपालमा सफलतापूर्वक संचालन भइरहेको छ।
संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघसँग गुणस्तर सुनिश्चितता कार्यक्रमअनुसार २०७४ सालमा तेस्रो पटक, २०७५, २०७६ र २०७७ मा प्रोवेशन ब्राण्ड नविकरण गर्न सफल भएको छ।
हाम्रो आगामी लक्ष्य भनेको सदस्यहरूको सेवामा प्रविधि मैत्री र छिटो सेवाहरू उपलब्ध गराउनु हो, जसले गर्दा हामी एक सुरक्षित, स्वस्थ र दिगो वित्तीय सहकारी संस्था बन्न सक्षम हुनेछौं।
सदस्य
शेयर रकम
बचत रकम
कर्जा रकम
यस सहकारीबाट हाल प्रदान गदै आईरहेका सेवाहरु
विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस