२५ औं स्थापना दिवस कार्यक्रम
संस्थाको २५ औं स्थापना दिवसका अवसरमा शेयर सदस्य सम्मानित
Read Moreमहिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संक्षिप्त परिचय
महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड को स्थापना २०५५/०६/२८ मा ५६ सदस्यहरुको पहलमा १३ सदस्यीय तदर्थ समितिको गठन र संस्थागत प्रक्रियाबाट भएको हो। यस संस्थाको मुख्य उद्देश्य महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनु हो।
सुरुवातमा प्लान इन्टरनेशनलको सहयोगमा विभिन्न महिला समूहहरूको गठन र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो। त्यसक्रममा बचत संकलनको प्रक्रियासमेत शुरु गरी २०५८/०१/०४ मा सहकारीको रूपमा दर्ता गरियो।
संस्थाले महिलाहरूको सीप क्षमता र व्यक्तित्व विकासको लागि विभिन्न तालिम, सेमिनार र गोष्ठीहरू आयोजना गर्दै आएको छ। यस क्रममा, महिलाहरूको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको छ र समुदायको विकासमा योगदान पुर्याएको छ।
संस्थाले २०६१/१०/२६ मा आफ्नो उद्देश्यलाई अझ स्पष्ट र प्रभावकारी बनाउनका लागि लघुवित्त कार्यक्रमलाई एकल उद्देश्यीय सहकारीमा परिणत गर्यो र हाल यो कार्यक्रम मकवानपुर जिल्लामा मात्र नभएर समग्र नेपालमा सफलतापूर्वक संचालन भइरहेको छ।
संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघसँग गुणस्तर सुनिश्चितता कार्यक्रमअनुसार २०७४ सालमा तेस्रो पटक, २०७५, २०७६ र २०७७ मा प्रोवेशन ब्राण्ड नविकरण गर्न सफल भएको छ।
हाम्रो आगामी लक्ष्य भनेको सदस्यहरूको सेवामा प्रविधि मैत्री र छिटो सेवाहरू उपलब्ध गराउनु हो, जसले गर्दा हामी एक सुरक्षित, स्वस्थ र दिगो वित्तीय सहकारी संस्था बन्न सक्षम हुनेछौं।
सदस्य
शेयर रकम
बचत रकम
कर्जा रकम
यस सहकारीबाट हाल प्रदान गदै आईरहेका सेवाहरु
विभिन्न प्रकारका बचत योजनाहरू जसले सदस्यहरूलाई आकर्षक ब्याजदरमा रकम बचत गर्न र सुरक्षित राख्न मद्दत गर्दछ।
विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस